जिवन्त नेपाल म्युजिक अवार्ड हुने

18November, 2021

बागमती प्रदेश रामेछाप जिल्लाका दोरम्बा सुनापति खाडादेवी संगम स्थल अग्लेश्वरीलाई धार्मिक पर्यटनको रुपमा र प्रबद्र्धन गर्न उद्देश्यका साथ प्रस्तावित कार्ययोजना अधि बढाएको त यहाँहरुलाई विदितै छ । प्रस्तावित परियोजना अनुसार चारैतिर फकिएको संसारकै अग्लो बुद्धको प्रतिमा, अग्लेश्वरी महादेवको प्रतिमा चारधाम, चारैतिरबाट उक्लन मिल्ने पथमार्ग, आकाशे सिसाको पुल, जिपलाईन बनाई धार्मिक पर्यटन आकर्षन स्थलका रुपमा विकास परियोजना कार्य स्थलको काम अधि बढीसकेको छ । यहि परिप्रेक्षमा पर्यटन तथा धार्मिक स्थलको प्रवर्धन गर्नको लागि अग्लेश्वरी हिल्स विकास कोषबाट जिवन्त नेपाल म्युजिक अवार्ड समेत गरिन लागेको छ । कोभिड प्रभावका कारण पूर्व घोषित कार्यक्रम हुन नसकेपनि यही मिति २०७८ मंसिर २१ गते मंगलबार दि सोल्टी होटेल, काठमाडौको मेघाहलमा जिवन्त नेपाल म्युजिक अवार्ड सहित विशिष्ट सम्मान राखिएको छ । यहि परिप्रेक्षमा सोही कार्यक्रममा समाजका लब्ध प्रतिष्ठित एवं राष्ट्रिय चलचित्र तथा संगितकर्मीलाई विशिष्ट सम्मान कार्यक्रम गर्न लागेको छ ।