मितिः २०७८÷०८÷२०
प्रेस बिज्ञप्ती
उपरोक्त सम्बन्धमा बागमती प्रदेश रामेछाप जिल्लाका दोरम्बा सुनापति खाडादेवी संगम स्थल अग्लेश्वरीलाई धार्मिक पर्यटनको रुपमा र प्रबद्र्धन गर्न उद्देश्यका साथ प्रस्तावित कार्ययोजना अधि बढाएको त यहाँहरुलाई विदितै छ । प्रस्तावित परियोजना अनुसार चारैतिर फकिएको संसारकै अग्लो बुद्धको प्रतिमा, अग्लेश्वरी महादेवको प्रतिमा चारधाम, चारैतिरबाट उक्लन मिल्ने पथमार्ग, आकाशे सिसाको पुल, जिपलाईन बनाई धार्मिक पर्यटन आकर्षन स्थलका रुपमा विकास परियोजना कार्य स्थलको काम अधि बढीसकेको छ । यहि परिप्रेक्षमा पर्यटन तथा धार्मिक स्थलको प्रवर्धन गर्नको लागि अग्लेश्वरी हिल्स विकास कोषको परिच्यात्मक र जिवन्त नेपाल म्युजिक अवार्ड समेत गरिन लागेको छ । कोभिड प्रभावका कारण पूर्व घोषित कार्यक्रम हुन नसकेपनि यही मिति २०७८ मंसिर २१ गते मंगलबार दि सोल्टी होटेल, काठमाडौको मेघाहलमा गर्न लागेको कार्यक्रम विशेष कारणवस प्राविधिक समस्या आएको तथा विशेष अतिथीहरुको समय तालिका नमिल्ने भएको कारणले यस अग्लेश्वरी हिल्स विकास कोषको परिच्यात्मक र जिवन्त नेपाल म्युजिक अवार्ड कार्याक्रमलाई यहि मिति २०७८ पौष १९ गते सोही हलमा सम्पन्न गरिने जानकारी गर्न चहान्छौं । जिवन्त नेपाल म्युजिक अवार्डमा टप ५ मा पर्नु भएका सम्पुर्ण कलाकार ज्यूहरुमा पर्न गएको असुविधा प्रति क्षमाप्रर्थी गर्न चहान्छौं । साथै टप ५ पर्नु भएका सम्पुर्ण कलाकारहरु यही मिति २०७८ मंसिर २१ गते मंगलबार दि सोल्टी होटेल मै टप ५ को छनौटको प्रमाण पत्र वितरण गर्न लागेकोले यहाँहरुको गरिममाय उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछौं ।
मिडिया संयोजक
माधव अधिकारी
सचिव
रंजित (सिंजाली) मगर