काठमाडौं । अग्लेश्वरी हिल्स विकास कोषले तेस्रो संस्करण जीवन्त नेपाल म्युजिक अवार्ड आयोजना गर्ने भएको छ । कोषले अवार्डमा सहभागी हुन इच्छुक स्रष्टा तथा कलाकारले मंसिर २८ गतेभित्र फारम भरिसक्नुपर्ने जानकारी दिएको छ ।
अवार्ड कार्यक्रममार्फत रामेछापको अग्लेश्वरी, सैलुङ र खाँडादेवी पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको र अग्लेश्वर हिलमा 4Dbig बुद्धको मूर्ति निर्माणका लागि पनि सहजीकरण हुने आशा लिइएको कोषका अध्यक्ष सिजम सिञ्जालीले बताए ।आधुनिक, लोक, पप, लोकदोहोरी, गजल, राष्ट्रिय भाव, भाषाभाषी, भेग विशेष, चलचित्र, पर्वजस्ता विभिन्न विधा अवार्डमा समावेश गरिने जनाइएको छ । गायक, गायिका, संगीतकार, गीतकार, संगीत संयोजक, वाद्यवादक, म्युजिक भिडियो निर्देशक, छायाकार, सम्पादक, कोरियोग्राफर, मोडल, ड्रेस डिजाइनर, मेकअप आर्टिष्टजस्ता विधामा अवार्ड प्रदान गरिने छ नेपाली सामाजिक क्षेत्रमा योगदान दिने बिशिस्ट ब्यतित्योलाई जीबन्त सम्मान बाट सम्मान गरिने छ
।आवेदनका लागि अग्लेश्वरी हिल्सको वेबसाइट र फेसबुक पेज तथा अग्लेश्वरी हिल्सको सम्प्रक कार्यालय नयाँ बानेश्वर, थापागाउँबाट फारम भर्न सकिने जनाइएको छ । फारमबाट प्राप्त सम्पूर्ण रकम अग्लेश्वरी हिल्स रामेछापको पर्यटन प्रवर्द्धनमा खर्च गरिने सिञ्जालीले बताए ।
सिंजालीले २०७८ पुसमा ‘जीवन्त नेपाल म्युजिक अवार्ड’को पहिलो संस्करण आयोजना गरेका थिए । काठमाडौंको सोल्टी होटलमा आयोजित पहिलो अवार्ड कार्यक्रमा गीत-संगीतका विभिन्न ३८ विधामा अवार्ड प्रदान गरिएको थियो । दोस्रो संस्करण २०८० पुसमा रास्ट्र्यीय नाचघर काठमाडौंमा सफलता पुर्बक सम्पन्न भयको थियो यस बर्ष अग्लेशोरी हिल्स सयोगार्थ कार्यक्रम नेपाल र नेपाल बहिर हुनेछ