गाल्पा बतासे डाडामा हस्पिटल बन्ने

20September, 2023

रामेछापमा अस्पताल निर्माणका लागि दुई दाजुभाइले जग्गादान गरेका छन् । रामेछापको सुनापति गाउँपालिका–२ दिमीपोखरीको गाल्पा बतासे डाँडामा अस्पताल निर्माणका लागि स्थानीय मोहन कुमार तामाङ र शम्भु घिसिङले दुई रोपनी जग्गा उपलब्ध गराउनु भएकाे हाे । गाउँमा अस्पताल नहुँदा आफ्नाे आमाले ज्यान गुमाएपछि अन्यकाे अकालमा ज्यान नजाओस् भनेर जग्गा दान गरेकाे उनीहरुले बताएका छन् ।

स्थानीय डा.दिलबहादुर तामाङले अस्पताल निमार्ण गर्ने योजना अघि सार्नुभएकाे हाे । उनीहरुले कान्छीमाया तामाङ मेमोरियल सामुदायिक अस्पतालको नाममा मालपोत कार्यालय रामेछापमा आएर रजिष्टेसन पास गरेर जग्गा हस्तान्तरण गरेका छन् ।
दुई दाजुभाइले प्रदान गरेको जग्गाको मूल्य अहिलेको बजार भाउअनुसार झन्डै ५० लाख रुपैयाँ पर्ने मालपोत कार्यालय रामेछापले जनाएको छ । अहिले निमार्ण गर्न लागिएको अस्पताल खाँडादेवी, सुनापति र दोरम्बा गाउँपालिकाको बीच केन्द्रबिन्दुमा पर्ने भएकाले याे क्षेत्रमा अस्पताल अति आवश्यक रहेको स्थानीयहरुले बताएका छन् । यस हस्पिटल बनाउन स्थानीय सामाजिक सस्था अग्लेश्वोरी हिल्स बिकास कोषले पनि अर्थिक नैतिक सहयो गर्ने सस्थाका सस्थाप अध्यक्ष गायक सिजम सिन्जाली जनाए को छ अग्लेश्वोरी हिल्सले हाल तेहाका पर्यटन प्रबर्द्धन बिस्व ब्यपी रुपम बिबिध कार्यक्रम गर्द आई रहेको छ